२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिमेक लघुवित्तको कामु सीईओमा दिपक निधि तिवारी नियुक्त

छिमेक लघुवित्तको कामु सीईओमा दिपक निधि तिवारी नियुक्त

875
Shares

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारी नियुक्त भएका छन् । बिहीबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले तिवारीलाई माघ ६ गतेदेखि लागु हुने गरी कामु सीईओ पदमा नियुक्त गरेको हो ।

हाल संस्थाको सीईओको कार्यभार चोलराज शर्माले सम्हाल्दै आएका थिए । उनको पदावधि आज अर्थात माघ ५ गते सकिने भएकाले संचालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलसम्मका लागि तिवारीलाई उक्त पदमा नियुक्त गरेको हो ।

संस्थाको नायब महाप्रवन्धक पदको कार्यभार सम्हाल्दै आएका शर्माले पनि माघ ६ गतदेखि संस्थाको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij