२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र सातै प्रदेशमा पुग्यो

राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र सातै प्रदेशमा पुग्यो

615
Shares

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतपत्र पुर्‍याएको छ। शुक्रबारसम्म सात वटै प्रदेशमा मतपत्र पुर्‍याइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए।

प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र बनाइएको छ। त्यस्तै पालिका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि सेतो रंगको कागजमा रातो रंङको मसीको विवरण तथा निर्वाचन चिन्‍ह रहेको मतपत्रहरू छापिएका छन्।

कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू छन्।

त्यसैगरी लुम्विनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरू छन्। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। १९ पदका लागि आठ दलको तर्फबाट ५२ जना उम्मेदवार छन्।

प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने मतदानका लागि ३८ प्रकारका कूल ६९१० मतपत्रहरू छापिएका छन्। यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि २०८० फागुन २१ गते देखि ६ वर्षसम्म रहनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij