२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको लेखापरीक्षकमा तीन जना नियुक्त

नेपाल बैंकको लेखापरीक्षकमा तीन जना नियुक्त

805
Shares

काठमाडौं –  नेपाल बैंक लिमिटेडले तीन जना लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरेको हो ।
चाटर्ड एकाउन्टेन्ट (सी.ए.) प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालाई आर्थिक वर्ष २०८०÷८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नियामक नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij