२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

920
Shares

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । कम्पनीले राधिका कार्कीको नाममा रहेको उक्त शेयर विक्रीमा ल्याएको हो ।

ईच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा आवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij