२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

960
Shares

काठमाडौं – कुमारी बैंकको साढे ४५ हजार कित्ता शेयर आज माघ ५ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक शेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। Crest इच्छुक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा दिन सकिनेछ। बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij