२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

660
Shares

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार सो अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी गरेका हुन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो । अध्यादेशमा बजेटको कार्यतालिका हेरफेर गरिएको छ । अध्यादेशका अनुसार अब विनियोजन विधेकका सिद्धान्त र प्राथमिकता फागुन महिनाभित्रै संघिय संसदमा पेश गरिनेछ । असअघि बजेट सार्वजनिक गर्नु १५ दिनअघि सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुपर्ने व्यवस्था थियो । तर अब नयाँ व्यवस्था अनुसार सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्र पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij