२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्काशनका लागि बुक क्लोज मिति तय

अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्काशनका लागि बुक क्लोज मिति तय

1.1K
Shares

काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि माघ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै यस कम्पनीले निष्काशन गर्ने शतप्रतिशत हकप्रद शेयर भर्न पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij