२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन हिमालयन बैंकका १६ ठूला सेयरधनीहरू

यी हुन हिमालयन बैंकका १६ ठूला सेयरधनीहरू

1.4K
Shares

काठमाडौं – हिमालयन बैंक लि.मा ठूला सेयरधनीहरूको संख्या १६ पुगेका छन् । सिभिल बैंक गाभ्नु अघि हिमालयन बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका ९ व्यक्ति तथा कम्पनी थिए । तर, सिभिल बैंक लि.लाई गाभेपछि भने ७ ठूला सेयरधनी थपिएका हुन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व हबिब बैंकको छ । बैंकमा हबिब बैंकको १२।९३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १२।६२ प्रतिशत, एन। ट्रेडिङ कम्पनीको ८।२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७।६६ प्रतिशत, आभा इन्टरनेशनलको ७।४६, छाया इन्टरनेशनल ५।७८ सेयर स्वामित्व छ ।

प्रदीपजङ्ग पाण्डेको १।५५ प्रतिशत, शसिकान्त अग्रवालको १।५१ प्रतिशत, इच्छाराज तामाङको १।३६ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १।२५ प्रतिशत, यश्वस्विका इन्टरनेशनल प्रालिको १।१० प्रतिशत, एशियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनीको ०।७७ प्रतिशत, प्रभा गोयन्का भिमसारियाको ०।६७ प्रतिशत, विजय इन्टरनेशनल प्रालिको ०।५४ प्रतिशत र अन्जु खेतानको ०।५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रदीपजङ्ग पाण्डे, इच्छाराज तामाङ, यश्वस्विका इन्टरनेशनल, एशियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग र प्रभा गोयन्का भिमसारिया साविक सिभिल बैंकका ठूला सेयरधनी हुन् । कर्मचारी सञ्चय कोषको भने दुवै बैंकमा लगानी थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij