काठमाडौं – नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। उनी हाल किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन्। उनी २०७९ साउनमा किसान लघुवित्तको सीइओ नियुक्त भएका थिए।
कार्कीसँग राजेन्द्र पण्डित र लेखनाथ शर्मा पंगेनी प्रतिस्पर्धामा थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij