काठमाडौं- यती ब्रुअरीले बुक बिल्डिङ विधि मार्फत साधारण सेयर निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरीका प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबी एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार सन् २०२२/२३ मा कम्पनीको व्यापार ८९ करोड ३० लाख रुपैयाँले घटेको छ। सन् २०२२/२३ मा कम्पनीले २ अर्ब ५८ करोड ३० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। जबकि अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीको कारोबार ३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ थियो। २०२०/२१ मा कम्पनीले करिब ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो। विशाल र एभरेष्ट ग्रुपको संयुक्त लगानी रहेको यती ब्रुअरीको स्ट्रङ बियर सेग्मेन्टमा राम्रो होल्ड छ। यती ब्रुअरीको उद्योग चितवनमा छ। यती ब्रुअरीले हाल अर्ना, यती, वाईबी, शिखर, किङफिसर ब्राण्डका बियर उत्पादन गर्दै आएको छ। सम्झौतापछि एनआइएमबी एस क्यापिटलले बुक बिल्डिङ विधि मार्फत यती ब्रुअरीको साधारण सेयर सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij