२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोलखामा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते

दोलखामा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते

640
Shares

काठमाडौं – दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। सोमबार दोलखाको बिगु गाउँपालिका-१ लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर बिगु गाउँपालिका-१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको छ। यस्तै सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन् ।

सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा दिउँसो नासा हाइड्रो पावरमा कार्यरत उनीहरूमाथि पहिरो खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij