काठमाडौं – कुमारी बैंकले २३ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका साथै वार्षिक आर्थिक वित्तीय विवरण स्वीकृत गर्नेछ। सभाले बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी अनुमोदन गर्नेछ।
बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन सभाले गर्नेछ।
वार्षिक साधारणसभामा बैंकले लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव पेस गर्ने छैन। वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको माघ ९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंकको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij