२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित

1.2K
Shares

विराटनगर -जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ प्रतिशत बोनस पारित गरेको छ । आइतबार सम्पन्न पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस पारित गरेको हो ।

सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस सेयर वितरण गर्ने छ ।

बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिने छ । बोनस वितरण पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij