२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री माघ ४ गते युगाण्डा जाने

प्रधानमन्त्री माघ ४ गते युगाण्डा जाने

1.3K
Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा जाने भएका छन्। आउँदो माघ ५ र ६ गते हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगाण्डाको राजधानी कम्पाला जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिवसमेत गंगा दाहाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि कम्पाला जानेछन्। प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन् भने अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

शिखर सम्मेलनअघि माघ ३ र ४ गते बस्ने मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद सहभागी हुने कार्यक्रम रहेको छ। त्यसका लागि साउद भने माघ २ गते नै युगान्डा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ। असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरू मध्य नेपाल पनि एक हो।

नेपालको परराष्ट्र नीति पनि असंलग्नताको सिद्धान्तहरूमा आधारित छ। प्रधानमन्त्री प्रचण्ड माघ ७ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij