२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

785
Shares

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ५.५० प्रतिशत नगद लाभांश सहितको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिबृद्धि ल्याउन सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदन माथि शेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij