२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बलिउडका चर्चित गायक वाडकरको नेपाली गित ‘तिमी त गयौ’ सार्वजनिक

बलिउडका चर्चित गायक वाडकरको नेपाली गित ‘तिमी त गयौ’ सार्वजनिक

2.7K
Shares

काठमाडौं– बलिउडका चर्चित एवं दिग्गज गायक सुरेस वाडकरको स्वरमा नेपाली गित ‘तिमी त गयौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली गितसंगित क्षेत्रमा प्रायगरी बिदेशी (मुख्यत भारत) का चर्चित गायकगायिकाहरुले गाउने क्रम चलि नै आएको छ ।
बरिष्ठ गितकार बिजय सिवाकोटीद्वारा रचित गितलाई संगितकार राजु सिंहले सङित भरेका छ्न र यस गितलाई अमुल कार्की ढलीले संगित संयोजन गरेका छ्न ।
म्युजिक भिडियोमा प्रेमिल जोडीको बिछोडको कथा वस्तुलाई समावेस गरिएको छ भने येस्मा प्रमुख पात्रहरु को भुमिकामा कमेडी च्याम्पियनका प्रतियोगी एवं होस्ट मेक्सम गौडेल, अन्जु चौलागांई र सुरज खड्काको अभिनय रहेको छ । अमृत सुनुवारद्वारा निर्देशित यस म्युजिक भिडियोलाई आवेस मुनि बज्राचार्यले छांयाकन गरेका छ्न भने माधब बेल्बासेको सम्पादन रंग संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij