काठमाडौं– आइतबार सुन र चाँदी दुबैको मुल्य बढेको छ। आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको महासँघले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij