२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ कृषि कम्पनीको ५ औं वार्षिक साधारण सभा सम्पन्न, सीताराम काफ्ले बने अध्यक्ष

मुक्तिनाथ कृषि कम्पनीको ५ औं वार्षिक साधारण सभा सम्पन्न, सीताराम काफ्ले बने अध्यक्ष

1.1K
Shares

काठमाडौँ – मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २५ गते सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले सञ्चालक समितिमा ५ जना निर्वाचित गरेको हो । नयाँ सञ्चालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल रहेका छन् । त्यस्तै, संस्थापक संस्थागत कम्पनी मुक्तिनाथ विकास बैंकको तर्फबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन् ।

यससँगै पुस २६ गते बसेको नव निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, सञ्चालक भरतराज ढकाललाई ४ वर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकमा चयन गरेको हो । जस् अन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल संस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भए । साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट श्री सीताराम काफ्लेज्यू अध्यक्ष चयन हुनु भएको छ । त्यस्तै, उक्त बैठकबाट ४बर्षे कार्यकालका लागी भरतराज ढकाल प्रबन्ध संचालकमा चयन गरिएको छ ।

कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरि नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैङ्कको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन एक महिना अगाडी गरिएको थियो। कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रकोमा जोड दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij