२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विनोद राईले जिते भ्वाइस अफ नेपाल ५ को उपाधि

विनोद राईले जिते भ्वाइस अफ नेपाल ५ को उपाधि

1.5K
Shares

काठमाडौँ – रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् ।

सर्वाधिक भोट ल्याएको आधारमा टीम मिलनका उनले उपाधिसँगै २० लाख नगद हात पारे । यस्तै उनले विभिन्न गिफ्ट ह्याम्पर पनि पाए ।

भ्वाइस अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij