२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एशिया बैंकले बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो

एनआइसी एशिया बैंकले बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो

945
Shares

काठमाडौं – एनआइसी एशिया बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । बैंकले असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

बैंकले गत असोज १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर खातामा जम्मा गरिएको जनाएको छ । साथै असोज १५ गतेपछि शेयर अभौतिकीकरण गर्ने शेयरधनीहरुको पनि क्रमश हितग्राही खातामै बोनश शेयर जम्मा गर्ने बैंकले जनाएको छ ।

अहिलेसम्म पनि डिम्याट नगरेका ग्राहकहरुले खातामा बोनश शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने बैंकको भनाई छ । त्यसपछि मात्रै बोनश शेयर शेयरधनीको खातामा जम्मा गरिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij