२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकले पनि ब्याजदर घटायो

कामना सेवा विकास बैंकले पनि ब्याजदर घटायो

785
Shares

काठमाडौं – कामना सेवा विकास बैंकले माघदेखि लागू हुने ब्याजदर घटाएर सार्वजनिक गरेको छ। बैंकले आज माघमा लागू हुने ब्याजदर सार्वजनिक गरेको हो। जसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत र संस्थागतको ७ प्रतिशतमा झारिएको छ। पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागतको ७.६० प्रतिशत थियो।

बैंकले माघमा निक्षेप बचत खाताको ब्याजदर पनि घटाउँदै न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म दिने भएको छ। पुसमा यस्ता खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म देखिएको थियो। बैंकले कल निक्षेपको ब्याजदर पनि २.३० प्रतिशतबाट घटाएर २ प्रतिशत कायम गरेको छ।

कामना सेवा विकास बैंकको आधारदर घटेर ११.१४ प्रतिशत कायम भएको छ। यसअघि आधारदर ११.५२ प्रतिशत थियो। आधारदर घटेसँगै यो बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि घट्ने भएको छ। बैंकले आधारदरमा अधिकतम ४ देखि ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij