काठमाडौं – लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल चुनिएका छन् । सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा नेपाललाई चयन गरेको हो ।
बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक निर्वाचित भएका थिए । बैंकको सञ्चालकमा रमण नेपाल, मनोज कुमार भट्टराई, दिनेश पौड्याल र स्वाति रुङ्गटा निर्वाचित भएका थिए ।
नेपाल र भट्टराई संस्थापक सेयरधनी समूहबाट निर्वाचित भएका हुन् भने पौडेयाल र रूङ्गाटा सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित भएका हुन् । बैंकको स्वतन्त्र सञ्चालकमा भने विद्या बस्नेतलाई नै निरन्तरता दिइएको छ ।
निर्वाचानपश्चात् बसेको सञ्चालकहरूको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij