काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्। पवनकुमार गोल्यानले राजीनामा गरेपछि पौडेल अध्यक्ष भएका हुन्।
गोल्यान एनएमबि बैंकका अध्यक्ष हुन्। उनी त्यहाँबाट पनि बाहिरिँदैछन्। त्यही भएर उनले परिसंघ छाडेका हुन्। पौडेले नबिल बैंकका अध्यक्ष हुन्। उनी नबिल अघि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। त्यतिबेलै उनी प्रमुख कार्यकारी अधिकृतहरुको संगठन बैंकर्स संघको अध्यक्ष पनि भएका थिए। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एउटा फाइनान्स कम्पनीलाई बैंक बनाउन भूमिका खेलेका थिए।
संस्थाको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत रुपमा मनोनयन गरिएको हो । मनोनयन भएका व्यक्तिहरुले सपथ लिएका छन ।
अध्यक्ष पौडेलले भने सपथ लिन बाँकी छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij