२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन निफ्राका ठूला ११ सेयरधनी

यी हुन निफ्राका ठूला ११ सेयरधनी

1.2K
Shares

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा हाल १ प्रतिशत वा त्यो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनीको रहेका छन् । कम्पनीको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा व्यक्तिगत र संस्थागत गरि १ प्रतिशत बढी स्वामित्व भएका ११ शेयरधनी कम्पनीमा रहेको उल्लेख छ ।

कम्पनीमा नेपाल सरकारको १० प्रतिशत शेयर लगानी रहेको छ । नेपाल सरकार कम्पनीको सबैभन्दा ठूलो शेयरधनी हो । त्यस्तै कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको ८.९५ प्रतिशत, र ग्लोबल आईएमई बैंकको ५.४८ प्रतिशत शेयर लगानी रहेको छ । एन.आई.सि.एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको समान ५ प्रतिशत शेयर लगानी रहेको छ । त्यस्तै प्रभु बैंकको ४.९२ प्रतिशत, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ४.२० प्रतिशत, र नेपाल पुर्नबिमा कम्पनीको २.४७ प्रतिशत शेयर निफ्रामा रहेको छ ।

एसियन लाईफ इन्स्योरेन्सको १.७५ प्रतिशत, इमर्जिङ्ग नेपाल लिमिटेडको १.२५ प्रतिशत र नितेश अग्रवालको १.२१ प्रतिशत शेयर रहेको छ । हाल बैंकको चुक्ता पुंजी २१ अर्ब ६० करोड रहेको छ । बैंकमा सर्वसाधारण शेयरधनीको ४० प्रतिशत स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij