काठमाडौं – कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ। प्रकाशित सूचना अनुसार बैंकले पुस महिनाको तुलनामा ब्याजदर घटेको छ।
प्रकाशित सूचना अनुसार बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिने भएको छ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिनेछ।
त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij