काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मधेश प्रदेशमा बैंकको २१ शाखाको रुपमा बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरेका छन्। उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृ पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए।
उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए ।
बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए। हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij