२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद

बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद

1.2K
Shares
g]kfnL tyf ljb]zL ;fj{hlgs sf7df8fF}, @% k'; M fdaxfb' aDhgnfO dËnaf lgoGq0fdf lnPkl5 pgsf] 3af6 kxLn] afdb u]sf] g]kfnL tyf ljb]zL d'›f cfh a'waf kqsf ;Dd]ngsf] cfof]hgf uL ;fj{hlgs ub}{ l;cfOaL 6f]nL . tla M ljdnaxfb' lai6÷f;;

काठमाडौं – प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तीगौडाबाट पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनी पक्राउ गरेसँगै उनको घर खानतलासी गरेको थियो । उनको घरबाट सीआईबीको टोलीले तीन करोड भन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिइन् ।
उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका बम्जनसँग तीनवटा मोटरसाइकलका बिलबुक, टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्रान्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, दुईवटा ल्यापटप, १४ वटा विभिन्न ब्रान्डका मोबाइल, आइप्याड र ट्याब पाँचवटा, विभिन्न कागजात फेला परेको छ ।

त्यसैगरी तुलाराम तामाङको नाममा रहेको टोयोटा फर्च्युनर गाडी उनी चढ्ने गरेको पाइएको छ । त्यसैगरी सेतो रंगको ल्यान्ड क्रुजर जेड एक्स गाडी पाँच करोडमा बुक गरिएको र तीन करोड नगदै भुक्तानी गरिएको पाइएको छ । त्यसैगरी क्रसफायर बाइकसहित चारवटा मोटरसाइकल पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij