२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ कृषि कम्पनीका यी हुन् १३ ठूला शेयरधनी

मुक्तिनाथ कृषि कम्पनीका यी हुन् १३ ठूला शेयरधनी

1.5K
Shares

काठमाडौं – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेकम्पनीमा ०.५ प्रतिशत भन्दा बढी शेयर भएका १३ लगानीकर्ता छन् । शेयरबजारमा आएको यो कृषि क्षेत्र कै पहिलो कम्पनी हो ।
कम्पनीमा सबैभन्दा धेरै लगानी मुक्तिनाथ विकास बैंकको रहेको छ । कम्पनीमा मुक्तिनाथ विकास बैंकको २२.२२ प्रतिशत अर्थात् १५ लाख ५५ हजार ५ सय कित्ता शेयर छ । अन्य ठूला शेयरधनी भने व्यक्तिगत लगानीकर्ता हुन् । कम्पनीमा अध्यक्षभरतराज ढकालको १ लाख ४८ हजार कित्ता अर्थात् २.११ प्रतिशत शेयर रहेको छ ।

त्यस्तै तुलसी राम ढकालको १ लाख ४० हजार २ सय १७ कित्ता अर्थात् २ पतिशत, नारायण कुमार श्रेष्ठको १ लाख ८ हजार १ सय ४३ कित्ता अर्थात् १.५४ प्रतिशत, सिताराम काफ्लेको ७८ हजार २ सय २० कित्ता अर्थात् १.१२ प्रतिशत, गौतम प्रसाद खनालको ५६ हजार ६ सय ६६ कित्ता अर्थात् ०.८१ प्रतिशत, र कृष्ण प्रसाद ढकालको ५४ हजार ४ सय ४३ अर्थात् ०.७८ प्रतिशत शेयर छ । त्यस्तै लिलानाथ ढकालको ५० हजार १ सय १० कित्ता अर्थात् ०.७२ कित्ता शेयर र भगवती लामिछानेको ४८ हजार ८ सय ८८ कित्ता अर्थात् ०.७० प्रतिशत शेयर रहेको छ ।

विमला शर्मा पोखरेल, प्रकाश शर्मा, रोजवे रेग्मी, शिव शर्माको समान ३८ हजार ८ सय ८८ कित्ता अर्थात् ०.५६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij