२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोशी प्रदेशको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

कोशी प्रदेशको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

525
Shares

विराटनगर – कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। उनी प्रदेश सभाको तेस्रो सभामुख हुन्।
सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij