२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज शेयर बजारमा उच्च कारोबार १० कम्पनी

यी हुन आज शेयर बजारमा उच्च कारोबार १० कम्पनी

2.5K
Shares

काठमाडौं – आज मंगलबार नेप्से परिसूचक आज २०.६२ अंकले बढेर २०८०.१२ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा आज १६५ कम्पनीको शेयर मुल्यमा बढोत्तरी भएको छ भने ७७ वटाको शेयर मुल्यमा गिरावट आएको छ। ५ वटाको भने स्थिर रहेको छ।
आज शेयर बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनीमा सोनापुर मिनरल्सः २१ करोड ४९ लाख रुपैयाँ, निफ्राः १९ करोड ७३ लाख रुपैयाँ, सोल्टी होटलः १७ करोड ५३ लाख रुपैयाँ, माउन्टेन इनर्जीः १२ करोड ४३ लाख रुपैयाँ,रिलायबल नेपाल लाइफः १२ करोड १४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९२ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ९ करोड २४ लाख रुपैयाँ,मोदी इनर्जीः ८ करोड १५ लाख रुपैयाँ, सानिमा मिडिल तमोरः ८ करोड ६ लाख रुपैयाँ
युनाइटेड इदी मर्दीः ७ करोड ९८ लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij