काठमाडौँ – “एक्सेल एण्ड इलिभेट” २०८०-८१” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने “इम्प्लोइ स्किल इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटो बारे विवेचना गरी आगामी वर्षको लागि तय भएको व्यावसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराउने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागीय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरू गरी २०० जना भन्दा बढीको सहभागिता भएको उक्त तालिम कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले बीमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरूको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीहरूको पनि हुने भएकोले सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने बताउनु भयो । साथै दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा सहभागी कर्मचारीहरूलाई चर्चित मोटिभेसनल स्पीकर श्री मानसी अग्रवालले मोटिभेसनल तथा स्किल डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै सबै कर्मचारीहरू कम्पनीको ब्राण्ड एम्वेसडर रहेको र कम्पनीको प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्ने तर्फ सचेत रहन आग्रह गर्नु भयो । सो अवसरमा कम्पनीको प्रशासनिक कार्यहरू सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरूको पहिचान गरी सहजिकरण गर्ने उद्देश्यले विभागीय प्रमुखहरू र प्रशासनिक कर्मचारीहरू बिच अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
यसैगरी, नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश प्रमुख श्री हृदयेश्वर पण्डितज्यूले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रिय हितका लागि आतंकवादि वित्तीय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको वताउनु भयो । विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले वहाँहरुको वित्तीय क्रियाकलापलाई सूक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु भयो ।
कार्यक्रममा कर्मचारीहरूको दक्षता जाँच गर्नका लागि सहभागी प्रशासनिक कर्मचारीहरूको परीक्षा संचालन गरिएको थियो सो परिक्षा बाट प्रथम द्धित्तिय र तृतीय हुन सफल क्रमशः सुरक्षा सिंह, चूडामणि गौतम र खगेन्द्र श्रेष्ठ लाई प्रमुख कार्यकारी अधिकृत ज्यूले नगद पुरस्कार सहित सम्मान गर्नुभएको थियो भने देशै भरीबाट उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना प्रशासनिक कर्मचारीहरू महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुलसीपुर शाखाकी मिना चौधरी, कलङ्की शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रीय कार्यालयका नवराज थापा मगरलाई पनि प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij