काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा २१२ कम्पनीको शेयर मुल्य बढेको छ भने २९ वटा कम्पनीको घटेको छ। ५ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।
आज शेयर बजारमा ४ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनीमा सोनापुर मिनरल्सः २१ करोड ८४ लाख रुपैयाँ, माउन्ट इनर्जीः १९ करोड ३६ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः १६ करोड ५५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ४६ लाख रुपैयाँ
निफ्राः ११ करोड ७१ लाख रुपैयाँ, सानिमा मिडिल तमोरः ११ करोड २९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफः ९ करोड ३० लाख रुपैयाँ, शिवम सिमेन्टः ८ करोड १९ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीः ६ करोड ८७ लाख रुपैयाँ, घोराही सिमेन्टः ६ करोड ७१ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij