काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ। सिटिजन्स बैंकको ३ अर्ब रुपैयाँबराबरको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ।
यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्र हालै धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलमार्फत बिक्री गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij