२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्वाचित

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्वाचित

640
Shares

काठमाण्डौ – नेपाल विज्ञापन संघको २४ औं वार्षिक साधारणसभाले सुदिप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आइतवार भएको संघको साधारणसभाले थापाको नेतृत्वमा ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो ।

संघमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् भने ७ जना सदस्य निर्वाचित भएका छन् । अध्यक्ष थापासहित प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितिय उपाध्यक्ष पंकजलाल प्रधान, महासचिव कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

सदस्यहरुमा क्रमशः अरुणकाजी स्थापित, रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल विजयी भएका छन् । सबै क्षेत्र समेटिएको यो कार्यसमिति ३ वर्षको लागि निर्वाचित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij