२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1.5K
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको पाँच रुपैयाँले घटेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij