२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने

नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने

1.2K
Shares

काठमाण्डौ – नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न आगामी माघ ७ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौमा विहान १० वजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।

सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ । यस्तै, सभामा प्रबन्धपत्र संशोधन, सञ्चालक समिति गठन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ ।

यस्तै सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि छ । हाल कम्पनीले न्यूज २४ टिभी तथा अनलाइन सञ्चालन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij