२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ईङ्वा हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

ईङ्वा हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

685
Shares

काठमाण्डौ – ईङ्वा हाइड्रोपावरको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको छ।

साथै सोहि सभाले लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै यस आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा इन्द्र मणि त्रिताल र भेजप्रसाद तिमिल्सीना निर्वाचित भएका छन्। सभा कम्पनीकी अध्यक्ष सुमित्रा देबी न्यौपानेको अध्यक्षतामा भएको थियो । कम्पनीले प्रबर्द्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij