२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

1.1K
Shares

काठमाडौं–त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर पुनः नयाँ सूचना जारी गरिएको हो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि सोमबार सूचना जारी गर्दै दोस्रो पटक दरखास्त आह्वान गरेको छ ।
यसअघि शुक्रबार प्रकाशित भएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो ।

प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी व्यवस्था गर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएपछि पुन अर्को सूचना जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij