२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

770
Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि भोलि उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ।
भागबन्डाअनुसार आफ्नो भागमा ६ सिट परेपछि गठबन्धन बैठकलगत्तै पदाधिकारी बैठक बसेर माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको हो।
गठबन्धनको बैठकबाट नेपाली कांग्रेसलाई १०, नेकपा एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij