काठमाडौं – सिटी होटलले ८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कालिमाटी ब्याङकेट कालिकाटीमा सम्पन्न भएको हो । यस वर्ष कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
सभाले आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित छलफल गरी पारित गरेको छ । सभाले वार्षिक वित्तीय विवरण, नाफा, नोक्सािन, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा तिलक कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको छ । सभाले अधिकृत पूँजी बृद्धि गर्ने, कर्जा सिमा बृद्धिको स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij