२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हकप्रद सेयर निष्कासन गर्न २ हाइड्रोपावरले पाए अनुमति

हकप्रद सेयर निष्कासन गर्न २ हाइड्रोपावरले पाए अनुमति

2K
Shares

काठमाण्डौ – नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
अरुण भ्यालीले १०० प्रतिशत र रिडी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले अरुण भ्यालीलाई १: १ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ । कम्पनीले सोही पूँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपूँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले बताएको छ । यस्तै, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।

यसैगरी, रिडी पावरले ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । कम्पनीले १ : ०.५ अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर हकप्रद जारी गर्न अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij