काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ करोड ३५ लाख बढी कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेमा एनआईसी एसिया बैंकको बोनस शेयर सूचीकृत भएको छ। यो बैंकको कुल ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९/८० का लागि २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यही शेयर नेप्सेमा थपिएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij