२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मल्टीपर्पस फाइनान्सले लाभांश नदिने

मल्टीपर्पस फाइनान्सले लाभांश नदिने

930
Shares

काठमाडौं– मल्टीपर्पस फाइनान्स लि.ले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस १८ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij