काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। हाल कम्पनीका संस्थापक शेयरधनीले मात्रै उक्त शेयर किन्न आवेदन दिन पाउनेछन्।
शेयर खरिद गर्न इच्छुक संस्थापकले खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई ३५ दिनभित्र संस्थाको कर्पाेरेट कार्यालय ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र शेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij