काठमाडौँ – प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ३२ हजार १४६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकका ११ जना संस्थापक सेयरधनीहरुले सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । कम्पनीका संस्थापक सेयरधनी सुशीला भट्टले ८६ हजार ४६८ कित्ता, रंजीता श्रेष्ठले २८ हजार १३३ कित्ता, कुमाखर पौडेलले ४४ हजार ५५९ कित्ता, रविन्द्र अधिकारीले ३४ हजार ५८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनकर्मीले ८ हजार ५०० कित्ता, तिलक बहादुर प्रधानले ३८ हजार ४४ कित्ता, सीताराम केसीले २६ हजार ५०० कित्ता, ध्रव रत्न मानन्धरले ४१ हजार ६७ कित्ता, धिर बहादुर विष्टले ३ हजार ५०९ कित्ता, करिस्मा राउत १९ हजार ९८८ कित्ता र केशर बहादुर रावलले ७९३ कित्ता बिक्रीका लागि आवेदन दिएका हुन् ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुस १९ गते) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौँमा आवेदन दिन सकिनेछ । साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij