काठमाडौं – शैलेश्वरी पावर नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २४ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ। सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ।
कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यह गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ । सभाले पारित गरेपछि सेयर निष्कासन हुने छ ।
यस्तै सभामा प्रबन्धपत्र, नियमावली संशोधन, संञ्चालक समितिको बार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ । यस्तै सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij