२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रिइन्स्योरेन्सको शेयर डिम्याट खातामा आयो

हिमालयन रिइन्स्योरेन्सको शेयर डिम्याट खातामा आयो

5.2K
Shares

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर शेयरधनीहरुको डिम्याट खातामा आएको छ। यो कम्पनीको शेयर कारोबार संकेत ‘एचआरएल’मा सूचीकृत भएको हो। शेयर खातामा आएसंगै यी शेयर नेप्सेमा सुचिकृत भएपछि सुचिकृत बह्येको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ ।
कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटलले सबै प्रक्रिया पूरा गरी फाइल नेप्सेमा पठाइसकेको छ। हिमालयन रिको आइपीओ गत बुधबार (पुस ११ गते) बाँडफाँड गरिएको थियो। यो आइपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन सदर भएको थियो। तीमध्ये १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनले मागबमोजिम नै शेयर पाएका थिए। गोलाप्रथाबाट भाग्यमानी २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका थिए।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीको आर्थिक वर्ष २०७८/७९ सम्मको प्रतिशेयर नेट्वर्थ १०३.०७ रुपैयाँ रहेको छ। यस हिसाबले कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij