काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ०५ अंकले घटेर २,०३० का विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको मुल्य बढेको छ भने २०५ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
नेप्से ओरालो लाग्दा शिवम सिमेन्टस र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ। त्यसैगरी , सिटिजन लाइफ, सोनापुर मिल्स, एनआरएन इन्फ्रास्टक्चर, रिलायबल नेपाल, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, आइएमई लाइफ र सोल्टि होटलको आज सर्वाधिक कारोबार भएको छ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । सिटिजन लाइफका लगानीकर्ताले ७ दशलमव १८ प्रतिशतका दरले गुमाएका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij