काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले कान्तिपुर मिडिया ग्रुप विरुद्ध गालि बेइज्जती मुद्धा दर्ता गराएका छन । सहकारी ठगी सम्बन्धी समाचारमा आफुलाई मुछेर गाली बेइज्जती गरेको भन्दै उनले अदालतमा मुद्धा दर्ता गराएका हुन । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीवी राईसंग साझेदार रहेको र राईको समूहले सहकारीमा गरेको ठगीमा लामिछाने समेत संलग्न रहेको दावी गर्दै कान्तिपुरले समाचार प्रकाशित गरेको थियो । मुद्धा दर्ता गरेको जानकारी गराउँदै सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन :
एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।
मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij