२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न

‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न

990
Shares

काठमाडौँ – क्राइममा आधारित ‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ। राजधानी काठमाण्डौँ स्थित अर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा प्रिमियरको आयोजना  भएको थियो। प्रिमियर कार्यक्रममा सिरिजको इपिसोड १, २ र ६ स्क्रिनिङ्ग गरिएको थियो।

ब्रीजवाटर कलेजको प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दाहाल, सिनेम्याटोग्राफर निरज कंडेल, अभिनेता मुकन भुषाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, सामाजिक अभियन्ता पुण्य गौतम, वरिष्ठ कलाकार नवीन श्रेष्ठ, पूर्व प्रहरी नायब उपरिक्षक चन्द्र नारायण यादव, नेत्र ज्योति संघका अध्यक्ष डा. शैलेश मिश्र, गायक सन्तोष सानु, लाफमाण्डुको निर्देशक रूपेश घिमिरे लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कंडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ। रोशन दासको कथा र निर्देशन रहेको सिरिजको कथा लेखन हिक्मत शर्माले गरेका हुन्। सिनेम्याटोग्राफी नितेश घतान , इडिट कवीर ओड र कलर कमलीले गरेका हुन्। निर्माता आशिश दास, सह-निर्माता रिता देवी र क्रियटिभ निर्माता राकेश साह रहेका छन्। सिरिजमा सह निर्देशक खेम राज कोईराला,प्रोडक्सन एच पी कडेल रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री साहले भने, ” नेपाली-मैथिली सिनेमाको इतिहासमा युवाहरूको प्रयास आरती सिरिज धेरै दृष्टिकोणले सराहनीय रहेको र यस सिरिजले सत्ता, कानुन र समाजलाई न्यायको जीवन्तताका लागि अभिप्रेरित गर्दछ। सत्ताको दुरूपयोग गर्नेहरू र ढिला  गतिमा हिडने न्यायलयलाई सजग गर्दछ। ” नेपाली र मैथिली गरी दुईवटा भाषामा निर्माण भएको जघन्य अपराध बलात्कार र महिला हिंसामा आधारित सिरिज ६ भाग रहेको छ।  ‘आरती’ वेब सिरिज नेट टिभीमा पुस १६ देखि प्रसारण हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij